सोमबार, भदौ १, २०८३

स्थानीय निर्वाचन सार्ने प्रयास अझै भइरहेको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घोषित स्थानीय निर्वाचनका सन्दर्भमा देखा परिरहेका लक्षणहरु ठिक नभएको बताएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घोषित स्थानीय निर्वाचनका सन्दर्भमा देखा परिरहेका लक्षणहरु ठिक नभएको बताएका छन्।

सोमबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताएका हुन्। 

उनले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति पनि जनाए। ओलीले भने, ‘यो लक्षण उही भरतपुर र सिरहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु। जनप्रतिनिधिको कार्यकारिणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन? प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन। प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन?’

उनले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने बताए। ओलीले भने, ‘गठबन्धनसँग परामर्श हुने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने तरिका ठिक भएन। अझै पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ। निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुँदैन भन्ने परामर्श भइरहेको छ। दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुँदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन्।’

बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज सुरु भएको बैठकमा अध्यक्ष ओलीको सम्बोधनपछि आसन्न स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। चितवनमा सम्पन्न १०औं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बसेको हो।

प्रकाशित: Mar 21, 2022| 12:58 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...