आइतबार, मंसिर ७, २०८२

युएईविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ। 

National life

दुबई क्रिकेट रंगशालामा टस जितेर नेपालले घरेलु टोली युएईविरुद्ध बलिङ गर्ने भएको हो। यो नेपालले युएईविरुद्ध खेलेको तेस्रो सिरिज हो। 

अघिल्लो खेलमा कमजोर ब्याटिङका कारा हार व्यहोरेको नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ। अघिल्लो खेलमा ब्याटिङ नचल्दा ४८ रनले परजित भएको नेपाल आजको जितको लक्ष्य लिँदै मैदान उत्रिएको हो।

घरेलु टोली युएईविरुद्ध नेपालले नेपालले ओपनर आसिफ शेख, फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राख्ने निर्णय गरेको छ। उनीहरुको स्थानमा भने विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफ प्लेइङ–११ मा फर्किएका छन्।

नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 21, 2022| 11:50 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।