सोमबार, भदौ १, २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन भ्रमणमा

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणमा गएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणमा गएका छन्।

सोमबार बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गरेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा नेताहरू चीन गएको बताइएको छ। उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

सात दिने भ्रमणका क्रममा उनीहरुले कुनमिङमा आयोजना हुने इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा पनि भाग लिनेछन्। उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेल वक्ता छन्।

कोरोना महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली चीन भ्रमणमा गएको हो। यहीबीचमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने कार्यक्रम छ। वाङ यही शुक्रबार तीन दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले यसअघि नेपालका राजनीतिक दलहरूसँग भर्चुअल संवाद पनि गर्ने गरेको थियो।

प्रकाशित: Mar 21, 2022| 11:44 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...