आइतबार, मंसिर ७, २०८२

यू–१८ साफ : नेपालले दोस्रोपटक भारतको सामना गर्दै

साफ यू १८ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र भारतको खेल हुँदैछ। भारतको जमशेदपुरमा आयोजना भइरहेको साफ च्याम्पियन्सिपमा नेपालले भारतको सामना गर्न लागेको हो।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- साफ यू १८ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र भारतको खेल हुँदैछ। भारतको जमशेदपुरमा आयोजना भइरहेको साफ च्याम्पियन्सिपमा नेपालले भारतको सामना गर्न लागेको हो।

National life

प्रतियोगितामा नेपालले यसअघि नै दुई हार बेहोरिसकेको छ। दुवै खेलमा भारतले जित निकालेको छ भने बंगलादेशले नेपाललाई हराएको छ भने भारतसँग हार बेहोरेको छ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा भारतसँग ७-० को लज्जास्पद हार बेहोरेको थियो। त्यसपछि नेपालले बंगलादेशसँग पनि हार बेहोरेको थियो।

नेपालले बंगलादेशससँग ४–२ को हार बेहोरेको हो। नेपालका लागि दिपा शाही र अमिषा कार्कीले गोल गरेका थिए।

नेपालले आज दोस्रो पटक भारतको सामना गर्न लागेको हो। त्यसैले नेपाल पहिलो खेललाई बिर्सिएर आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ। प्रतियोगितामा नेपालले चार खेल खेल्नेछ। त्यसमध्येको यो तेस्रो खेल हो।

Laxmi sunrise bank
kumari

भारतले अहिलेसम्म ६ अंक बनाएको छ भने बंगलादेशको ३ अकंक छ। नेपालले अहिलेसम्म खाता खोल्न सकेको छैन।

प्रकाशित: Mar 21, 2022| 10:17 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।