आइतबार, मंसिर ७, २०८२

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सबै सामुदायिक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सबै सामुदायिक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका छन्।

National life

बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन्। 

सामुदायिक विद्यालयले खेलकुदको विकासकालागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, 'हाम्रा प्राय सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन। संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भुमिका निर्वाह गर्नुपर्छ।'

नेपाल सरकारले सामुदायिक विद्यालय सुधारकालागि विभिन्न योजनाहरु लागू गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारकालागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्ने बताए।

शनिबार गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले आइतबार विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए। शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरीएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 21, 2022| 10:00 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।