सोमबार, भदौ १, २०८३

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। वाङ यी शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउने भएका हुन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। वाङ यी शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउने भएका हुन्।

नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणबारे आज औपचारिक जानकारी पनि दिँदैछन्। उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने बताइएको छ।

चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्। वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र १३ गतेलाई राखिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय बैठक बस्नेछ।

नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। वाङ चैत १३ गते साँझ स्वदेश फर्किने छन्।

प्रकाशित: Mar 21, 2022| 09:45 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...