आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

ल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ।

National life

पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो। सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ।

‘बिच’ भलिबल प्रतियोगिताको सद्भावनादूतमा  राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ। दुवै जना पाल्पा निवासी हुनुहुन्छ। प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै  बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो। नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई बिच भलिबलको पूर्वाधार अर्थात् मैदानकारुपमा प्रयोग गर्ने सकिन्छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले पाल्पाको रानीमहललाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताए।

प्रतियोगिता आयोजक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, ‘नेपालका अधिकांश नदी र खोला किनारामा यस खेलको प्रशस्त सम्भावना छ।’ पाल्पाली उत्साहित अभियन्ताले सुन्दर मनोरम रानीमहलको पर्यटकीय प्रवर्द्धनसँगै बिच भलिबलको ‘हव’ कारुपमा विकास गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएका बिच भलिबल संघका अध्यक्ष यकेन्द्र कुँवरले बताए।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा पुरस्कारलगायत व्यस्थापनका  लागि ३० लाख खर्च लाग्ने अनुमान गरिको छ। मुलुकमा बिच भलिबलको विकास र विस्तार गर्ने सिलसिलामा खेलाडीलाई विगतमा वैदेशिक प्रशिक्षणमा पठाइएको र दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले कास्य पदकसमेत जितेको इतिहास छ। यसअघि सन् २०११ मा चितवनमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

नेपालमा ठूला तारे होटललगायतका क्षेत्रमा बिच भलिबल खेल्ने गरेको पाइन्छ। विसं २०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा बिच भलिबल कास्कीको पोखरामा सम्पन्न भएको  थियो। आयोजक संस्थाकी अध्यक्ष एवं नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले बिच भलिबलमा न्यून खर्चमा मुलुकले चाँडो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नसक्ने सम्भावना रहेको बताए। प्रतियोगिताका लागि रानीमहलमा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान र निर्णायक मण्डल रहने उनले जानकारी दिए।

नायक धिरेन शाक्यले खेलको माध्यमबाट पर्यटकीय क्षेत्रका रुपमा रानीमहल र पाल्पालाई परिचित गराउने उद्देश्यले बिच भलिबल आयोजना गर्न लागिएको धारणा राखे। उक्त प्रतियोगिताका लागि युवा तथा खेलकुद मन्त्रालयले सहयोग र प्रोत्साहन गर्ने बताइएको छ। पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईले बिच  भलिबल र र्‍याफिटङको नेपालमा प्रवल सम्भावना रहेको बताए।

पाल्पाली संघमका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका सदस्य पदम न्यौपानेले बिच भलिबल प्रतियोगिताले पाल्पा र त्यस वरपरको क्षेत्रको लोकप्रियता बढाउने अपेक्षा गरिएको उल्लेख गरे।  रासस


प्रकाशित: Mar 21, 2022| 09:33 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।