बिहीबार, चैत १२, २०८२

एसिया कप क्रिकेट क्वालिफाएर खेलको तालिका सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-एसियन क्रिकेट काउन्सीलले एसिया कप-२०१८ को क्वालिफाएर खेलको तालिका सार्वजनिक गरेको छ । एसिया कप क्वालिफाएर खेल मलेसियामा अगस्ट २७ देखि सुरु हुने भएको छ । 

क्वालिफाएर खेल अगस्ट २७ मा सुरु भएर ७ सेप्टेम्बरसम्म चल्ने एसीसीले जानकारी दिएको छ । क्वालिफाएर खेलमा टेष्ट खेल्ने राष्ट्र बाहेकका उत्कृष्ट राष्ट्रले खेल्नेछन् । उक्त खेलमा  नेपालसहित युएई, हङकङ, मलेसिया, सिंगापुर र ओमान छन् । 

राउण्ड रोविन लिगपछि यस प्रतियोगिताको विजेता युएईमा हुने एसिया कप खेल्नेछ । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान हुनेछन् । एसिया कप क्वालिफायरको विजेता एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । 

एसिया कप सेप्टेम्वर १५ देखि २८ सम्म युएईको दुबई र अबुधावीमा हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।