काठमाडौं- स्पेनिस ला लिगाको आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। रियल मड्रिडको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले ४-० को सानदार जित निकालेको हो।
बार्सिलोनाको जितका लागि पियरे इमिरक औबामियाङले दुई गोल गरे भने रोनाल्ड अराउजो र फराना टोरेसले समान १-१ गोल गरे।
खेलको ३०औं मिनेटमा गोल गर्दै औबामियाङले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३८औं मिनेटमा रोनाल्डले अग्रता दोब्बर बनाएका थिए। यससँगै पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो।
त्यस्तै, खेलको ४७औं मिनेटमा टोरेसले क्लबको लागि तेस्रो गोल गरे भने औबामियाङले ५१औं मिनेटमा अन्तिम गोल गरे। खेल अवधिभर ६० प्रतिसत बलमा नियन्त्रण बनाएको बार्सिलोनाले रियल मड्रिडको पोस्टतर्फ १९ प्रहार गरेको थियो।
यता, ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडले भने बार्सिलोनाको पोस्टमा १४ अटेम्पट गरे पनि गोल गर्न सकेन्।
यो जितपछि बार्सिलोनाले ५४ अंक बनाएको छ। शीर्षस्थानको रियल मड्रिडको भने ६६ अंक छ। बार्सिलोना अहिले लिगको तेस्रो स्थानमा छ भने दोस्रो स्थानको सेभियाको ५७ अंक छ। लिगमा बार्सिलोना र रियल भालोकानोबाहेक सबै क्लबले २९ खेल खेलेका छन्।