बुधबार, चैत ८, २०७९

वैज्ञानिक संस्कारको विकास गर्न विज्ञान मेला

वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको छ। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यसवर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको छ। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यसवर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको छ। 

National life insurance

वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि प्रत्येक वर्ष विभिन्न स्थानमा विज्ञान मेला आयोजना गर्दै आएको नास्टले यो वर्ष विद्यालयस्तरीय प्रतियोगितात्मक विज्ञान मेला बागलुङमा आयोजना गर्न थालेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

बागलुङ, पर्वत र म्याग्दीका १० सामुदायिक विद्यालयका ७० विद्याथीको वैज्ञानिक आविष्कार तथा क्षमता प्रर्दशन गर्ने, विज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र समाजका लागि विज्ञान विषयमा कविता वाचन गर्ने नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्राचार्यले जानकारी दिए। चैत ७ देखि ९ गतेसम्म सञ्चालनमा आउने विद्यालयस्तरीय प्रतियोगितात्मक विज्ञान मेलामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरिने छ। 

नास्टले बागलुङको जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा विज्ञान मेलाको आयोजना गरेको छ। बागलुङका चार सामुदायिक, पर्वतका दुई र म्याग्दीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी गराइने नास्टले जनाएको छ। पच्चीस विद्यालय सहभागी गराइने कार्यक्रम भए पनि कोरोना र बजेट अभावका कारण १० विद्यालयमा मात्रै कार्यक्रम सीमित गराइएको छ। 

कार्यक्रममा सामुदायिक विद्यालयमा विज्ञान शिक्षकबीच अन्तरक्रिया, समस्या र विज्ञानको क्षेत्रमा भएको विद्यार्थीको योगदान र प्रर्वद्धनका विषयमा समेत छलफल गरिने छ। 'यो विज्ञान मेलाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउने छ, उत्कृष्टलाई प्रोत्साहनसमेत गरिनेछ,' महाशाखा प्रमुख बज्राचार्यले भने, 'विज्ञान र प्रविधिको क्षेत्रमा नास्टले नवप्रतिभालाई प्रोत्साहन गर्ने गरी विज्ञान मेला आयोजना गर्दै आएको छ।' 

worldlink

बज्राचार्यका अनुसार २०३९ सालमा स्थापना भएको नास्टले हालसम्म काठमाडौं उपत्यका बाहेक ६४ जिल्लामा विज्ञान मेला गरिसकेको छ। जसबाट १६ हजार विद्यार्थी र स्थानीय समुदायहरु लाभान्वित भएका छन्। 

विज्ञान मेलामा प्रत्येक विद्यालयले तीन उत्कृष्ट विज्ञानसम्बन्धी कला प्रर्दशन गर्नसक्ने र एउटालाई मात्रै प्रतियोगितमा समावेश गराइने छ। विज्ञान मेलामा प्रत्येक विद्यालयका छ जना विद्यार्थी र एक विज्ञान शिक्षक सहभागी गराइने छ। मेलाको चैत ७ गते बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: Mar 20, 2022| 11:10. 00 आइतबार, चैत ६, २०७८

थप समाचार

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको...

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।