शनिबार, चैत ७, २०८२

वैज्ञानिक संस्कारको विकास गर्न विज्ञान मेला

वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको छ। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यसवर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको छ। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्वद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यसवर्षको विज्ञान मेला बागलुङमा गर्न थालेको छ। 

National life

वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि प्रत्येक वर्ष विभिन्न स्थानमा विज्ञान मेला आयोजना गर्दै आएको नास्टले यो वर्ष विद्यालयस्तरीय प्रतियोगितात्मक विज्ञान मेला बागलुङमा आयोजना गर्न थालेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

बागलुङ, पर्वत र म्याग्दीका १० सामुदायिक विद्यालयका ७० विद्याथीको वैज्ञानिक आविष्कार तथा क्षमता प्रर्दशन गर्ने, विज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र समाजका लागि विज्ञान विषयमा कविता वाचन गर्ने नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्राचार्यले जानकारी दिए। चैत ७ देखि ९ गतेसम्म सञ्चालनमा आउने विद्यालयस्तरीय प्रतियोगितात्मक विज्ञान मेलामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरिने छ। 

नास्टले बागलुङको जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा विज्ञान मेलाको आयोजना गरेको छ। बागलुङका चार सामुदायिक, पर्वतका दुई र म्याग्दीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी गराइने नास्टले जनाएको छ। पच्चीस विद्यालय सहभागी गराइने कार्यक्रम भए पनि कोरोना र बजेट अभावका कारण १० विद्यालयमा मात्रै कार्यक्रम सीमित गराइएको छ। 

कार्यक्रममा सामुदायिक विद्यालयमा विज्ञान शिक्षकबीच अन्तरक्रिया, समस्या र विज्ञानको क्षेत्रमा भएको विद्यार्थीको योगदान र प्रर्वद्धनका विषयमा समेत छलफल गरिने छ। 'यो विज्ञान मेलाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउने छ, उत्कृष्टलाई प्रोत्साहनसमेत गरिनेछ,' महाशाखा प्रमुख बज्राचार्यले भने, 'विज्ञान र प्रविधिको क्षेत्रमा नास्टले नवप्रतिभालाई प्रोत्साहन गर्ने गरी विज्ञान मेला आयोजना गर्दै आएको छ।' 

Laxmi sunrise bank
kumari

बज्राचार्यका अनुसार २०३९ सालमा स्थापना भएको नास्टले हालसम्म काठमाडौं उपत्यका बाहेक ६४ जिल्लामा विज्ञान मेला गरिसकेको छ। जसबाट १६ हजार विद्यार्थी र स्थानीय समुदायहरु लाभान्वित भएका छन्। 

विज्ञान मेलामा प्रत्येक विद्यालयले तीन उत्कृष्ट विज्ञानसम्बन्धी कला प्रर्दशन गर्नसक्ने र एउटालाई मात्रै प्रतियोगितमा समावेश गराइने छ। विज्ञान मेलामा प्रत्येक विद्यालयका छ जना विद्यार्थी र एक विज्ञान शिक्षक सहभागी गराइने छ। मेलाको चैत ७ गते बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: Mar 20, 2022| 23:10 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...