आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय सोतोकान कराँतेमा मनकामना च्याम्पियन

पाँचौं राष्ट्रिय सोतोकान कराँते तथा चौथो सूर्यविनायक मेयर कप कराँते प्रतियोगितामा मनकामना डोजो च्याम्पियन बनेको छ। मनकामनाले १० स्वर्ण जितेको हो।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं - पाँचौं राष्ट्रिय सोतोकान कराँते तथा चौथो सूर्यविनायक मेयर कप कराँते प्रतियोगितामा मनकामना डोजो च्याम्पियन बनेको छ। मनकामनाले १० स्वर्ण जितेको हो। 

National life

नेपाल सोतोकान कराते डो संघ (एसकेडीयूएन) भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भएको हो। तेश्रो स्थान प्रदेश १ डोजोले ३ स्वर्ण हात पार्‍यो।

कौशल्टारको ह्वाइट प्यालेस बैंक्युटमा भएको प्रतियोगिताको पुरुषमा प्रदेश १ डोजोका दिपेन कार्की तथा महिलामा मेन डोजोकी विना वाइबा उत्कृष्ट खेलाडी घोषित भए। 

पुरुषमा मनकामनाका रिजन थापा मगर तथा महिलामा काभ्रे डोजोकीकी झरना केसी उदीयमान खेलाडी चुनिए। आयोजकको आन्तरिकतर्फ पुरुषमा दीपेन्द्र श्रेष्ठ र महिलामा सिमरन बुढाथोकी उत्कृष्ट खेलाडी ठहरिए। काभ्रे अनुशासित टिम बन्यो।

विजेतालाई सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन्। शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्टरउदीयमान खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ।

प्रकाशित: Mar 20, 2022| 21:30 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।