शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्याय सेवाका १८५ कर्मचारीको सरुवा र २६ को बढुवा सिफारिस (सूचीसहित)

न्याय सेवाका १८५ कर्मचारीको सरुवा र २६ को बढुवा सिफारिस (सूचीसहित)

न्याय सेवा आयोगले आइतबार न्याय सेवातर्फका १८५ जनाको सरुवा र २६ जनाको बढुवा सिफारिस गरेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- न्याय सेवा आयोगले आइतबार न्याय सेवातर्फका १८५ जनाको सरुवा र २६ जनाको बढुवा सिफारिस गरेको छ।

न्याय सेवा आयोगको आइतबार बसेको बैठकले कानुन समूह राजपत्रांकित प्रथम श्रेणीका ५, सरकारी वकिल समूह राजपत्रांकित प्रथम श्रेणीका ६, कानुन समूह राजपत्रांकित द्वितिय श्रेणीका ४०, न्याय समूह राजपत्रांकित तृतिय श्रेणीका ४९ र कानुन समूह राजपत्रांकित तृतीय श्रेणीका १२ जनाको सरुवाका लागि सिफारिस गरेको हो। त्यसैगरी सरकारी वकिल समूह तृतिय श्रेणीका ७३ कर्मचारीको पनि सरुवा सिफारिस गरिएको छ। 

त्यसैगरी विभिन्‍न समूह अन्तर्गत विभिन्‍न तहमा रहेका काम गरिरहेका २६ जनालाई बढुवाका लागि सिफारिस गरिएको छ। आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको पनि अन्तिम नतिजा प्रकाशन गरेको छ। 

न्याय सेवा आयोगले सिफारिस गरेका सरुवा र बढुवाको निर्णय भने न्याय परिषद्ले गर्ने भएको छ। 


प्रकाशित: Mar 20, 2022| 19:37 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।