सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्न मन्त्रालयको निर्देशन

स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्न मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतगणना केन्द्रमा सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतगणना केन्द्रमा सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ।

मन्त्रालयले स्थानिय तह निर्वाचन मतगणना स्थलको दृष्य अवलोकन गर्न भीसीभीएमएस प्रविधिको प्रयोग गर्न निर्देशन दिएको हो। निर्वाचन आयोगले सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई आग्रह गरेपछि मन्त्रालयले पालिकालाई यस्तो निर्देशन दिएको छ।

मतदान सम्पन्‍न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ। 

स्थानीय पालिकाले आफ्नै स्वामित्वमा रहने गरी मतगणना स्थलमा तोकेको मापदण्डअनुसारका उपकरण जडान गर्नुपर्ने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए। मतगणना स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम (भीसीभीएमएस) स्थापना गरेर निर्वाचन आयोगले आफ्नो परिसरबाटै अवलोकन गर्ने जनाएको छ।

स्थानीय तहको चुनावको मतगणना केन्द्र सम्बन्धित पालिकाको केन्द्रलाई नै बनाउने यसअघि नै निणर्य भइसकेको छ।


प्रकाशित: Mar 20, 2022| 18:51 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...