सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कम्युनिस्टले भोट दिने निश्चित नभएकाले गठबन्धनबारे कांग्रेस मझधारमा छ : कोइराला

कम्युनिस्टले भोट दिने निश्चित नभएकाले गठबन्धनबारे कांग्रेस मझधारमा छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आशन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेस मझधारमा रहेको बताएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आशन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेस मझधारमा रहेको बताएका छन्।

आइतबार मोरङको सुन्दरहैंचामा आयोजित एक कार्यक्रममा कोइरालाले कम्युनिस्टसँग गठबन्धन गरेर जान खोजेको कांग्रेसलाई कम्युनिस्टले भोट दिने निश्चित नभएको बताए। त्यसैले कांग्रेस मझधारमा फसेको उनले बताएका हुन्।

‘कम्युनिस्ट क्याडर बेस्ड र कांग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहज भएको छ। कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर निर्वाचनमा जाँदा फाइदा हुन्छ र कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिन्छ,’ उनले भने।

निर्वाचनमा कम्युनिस्टसँग कांग्रेसको गठबन्धनको औचित्य नभएको कोइरालाको भनाइ थियो। पार्टीले गठबन्धनको जिम्मा स्थानीय तहमा छोडिदिनुपर्ने कोइरालाको तर्क छ। उनले कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्नुको सट्टा पार्टीभित्रको गुटउपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिएका थिए।

कोइरालाले भने, ‘कांग्रेसले निर्वाचन जित्नका लागि अन्य पार्टीसँगको गठबन्धन भन्दा पनि आफूभित्रै गठबन्धन हुनु आवश्यक छ। पार्टीभित्रको गुट र उपगुट समाप्त गरी एकजुट भएर निर्वाचनमा गए जितका लागि त्यो भन्दा ठूलो गठबन्धन अरु केही पनि हुँदैन।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताकार्यकर्तालाई विभेद गरेर अघि बढ्न खोजे पार्टीलाई घात हुने बताए। यस विषयमा पार्टी नेतृत्व गम्भीर बन्नु आवश्यक रहेको कोइरालाको भनाइ छ।

प्रकाशित: Mar 20, 2022| 16:18 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...