काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि प्रधानमन्त्री देउवाले आइतबार ४ बजेका लागि बैठक बोलाएका हुन्।
एजेण्डाबारे भने जानकारी नगराइएको एक मन्त्रीले जानकारी दिए। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।