काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गर्दै मुद्दा दायर गरेका थिए।
मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन्। तर, मुद्दाको टुंगो लागेको छैन।