सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कम्युनिस्टको दोधारे चरित्रको पछि नलाग्नुहोस् : कांग्रेस नेता सिंह

कम्युनिस्टको दोधारे चरित्रको पछि नलाग्नुहोस् : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले जुन सुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले जुन सुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन्। कांग्रेसले देश र जनताको हित विपरीतका सहयोग अस्वीकार गर्ने प्रस्ट पार्दै नेता सिंहले जनताको हितलाई ध्यानमा राखेर एमसीसी जस्ता परियोजना स्विकार्न सकिने बताए।

'एमसीसीका बारेमा फैलाइएको नकारात्मक हल्लाको पछि लाग्नु हुँदैन। कांग्रेस देश र जनताको सवालमा गम्भीर पार्टी हो,' नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आइतबार बुद्धनगरमा घर घर जाऔं कांग्रेस जिताऔं अभियानअन्तगर आयोजित कार्यक्रममा बोल्दै उनले भने।

कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले नेता सिंहको दाबी छ। उनले कम्युनिस्टहरूमा जनता सामु एउटा र अन्तर्राष्ट्रिय स्तरमा अर्कै कुरा गर्ने चरित्र रहेको बताएका छन्।

चुनाव नजिक आइसकेकाले सबै जनताले कम्युनिस्ट चरित्रको बारेमा प्रस्ट हुनुपर्ने उनको भनाइ छ। उनले कांग्रेसले कम्युनिस्ट चरित्रबारे जनतालाई बुझाउन सक्नुपर्ने बताए।

प्रकाशित: Mar 20, 2022| 10:56 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...