सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आगामी निर्वाचनमा गठबन्धनको सम्भावना कायमै छ : कांग्रेस प्रवक्ता महत

आगामी निर्वाचनमा गठबन्धनको सम्भावना कायमै छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई कायमै रहेको बताएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

बाँके- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई कायमै रहेको बताएका छन्।

नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धनको सम्भावनलाई नकार्न नसकिने बताएका हुन्। 'यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ। गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ। प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्छ। विनविन पोजिसनमा हुन सक्छ,' उनले भने।

उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने प्रवक्ता महतले बताए।

उनले नेपाली कांग्रेसका कार्यकर्तालाई अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन सुझाव दिएका छन्।

प्रकाशित: Mar 20, 2022| 10:45 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...