सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन जित्न गठबन्धनको भर होइन, आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

निर्वाचन जित्न गठबन्धनको भर होइन, आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

आइबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो,’ उनले भने। उनले अन्य दलका नेताहरूसँग गठबन्धन गर्ने विषयमा छलफल भने जारी रहेको बताएका छन्।

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हुनुपर्ने बताए।

प्रकाशित: Mar 20, 2022| 08:57 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...