बिहीबार, फागुन २१, २०८२

लेवान्डोस्कीको दोहोरो गोलमा बायर्नलाई सात अंकको अग्रता

जर्मन बुन्डेसलिगामा बायर्नले युनियन बर्लिनविरुद्ध ४-० को जित निकालेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले युनियन बर्लिनविरुद्ध सानदार जित निकालेको हो।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- जर्मन बुन्डेसलिगामा बायर्नले युनियन बर्लिनविरुद्ध ४-० को जित निकालेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले युनियन बर्लिनविरुद्ध सानदार जित निकालेको हो।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दोहोरो गोल गरे। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पहिलो हाफको इन्ज्युरी समयमा लेवान्डोस्कीले व्यक्तिगत पहिलो गोल गरे भने दोस्रो हाफमा उनले दोस्रो गोल गरे।

त्यसो त, लेवान्डोस्कीभन्दा पहिले नै बायर्नले दुई गोलको अग्रता बनाइसकेको थियो। खेलको १६औं मिनेटमा किंग्सले कोमनले गोल गरे भने टांगु नियन्जोउले खेलको २५औं मिनेटमा गोल गरे।

युनियन बर्लिनविरुद्धको जितसँगै बायर्नले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ। उसले दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा सात अंक धेरै बनाएको छ। डर्टमन्डको ५६ अंक छ।

प्रकाशित: Mar 20, 2022| 08:10 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।