आइतबार, मंसिर ७, २०८२

लुकाकूको गोलसँगै चेल्सी एफए कपको सेमिफाइनलमा

मिडल्सबर्गलाई २-० ले हराउँदै प्रिमियर क्लब चेल्सी इएफएल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न एफए कपको पहिलो क्वार्टरफाइनल खेलमा जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- मिडल्सबर्गलाई २-० ले हराउँदै प्रिमियर क्लब चेल्सी इएफएल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न एफए कपको पहिलो क्वार्टरफाइनल खेलमा जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।

National life

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकू र हाकिमी जियाचले गोल गरे। लुकाकूले खेलको १५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन्। एक गोलले अघि रहेको अवस्थामा हाकिमी जियाचले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

जारी सिजनमा लुकाकूका यो १२ औं गोलसमेत हो। उनको गोलसँगै च्याम्पियनसिप क्लब बाहिरिएको हो।

यसअघि मिडल्सबर्गले बलियो टिम म्याचेस्टर युनाइटेडलाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको थियो। त्यसअघि उसले टोटेनहमलाई पनि हराएको थियो। तर सेमिफाइनलमा स्थान बनाउन भने सकेन।

क्वार्टरफाइनलका बाँकी तीन खेल आज हुँदैछन्। आजको पहिलो खेलमा क्रिस्टल प्यालेसले एभर्टनको सामना गर्नेछ भने साउथह्याम्टनले म्यानचेस्टर सिटीको सामना गर्नेछ। त्यस्तै, लिभरपुलले नट्टम फरेस्टको सामना गर्नुपर्ने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2022| 07:40 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।