काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रचण्डले कार्यकर्ता भेटघाट र प्रशिक्षणलाई तीव्रता दिएका हुन्।
फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्। शनिबार सिन्धुली पुगेका प्रचण्ड आज पोखरा प्रस्थान गरेका छन्।
पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड आइतबार बिहान पोखरा गएको हुन्।
अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए। प्रचण्डसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन्।