सोमबार, भदौ १, २०८३

प्रतिक्रियावादी र विघटनकारीबाट देश खतरामा छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जुनसुकै अवस्थामा दुर्घटनामा जानसक्ने दाबी गरेका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जुनसुकै अवस्थामा दुर्घटनामा जानसक्ने दाबी गरेका छन्। 

सिन्धुली पार्टी कार्यालयको उद्‍घाटनका क्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादी र विघटनकारी शक्तिबाट देश खतरामा रहेको बताएका हुन्।

‘प्रतिक्रियावादीले माओवादी केन्द्रको नेतृत्वलाई आक्रमण गर्ने प्रयास गरिरहेका छन्। वामपन्थी एकजुट भएर अघि नबढ्ने हो भने देश दुर्घटनामा पर्न सक्छ। सदन चल्न नदिने शक्ति छ। विघटन गर्न चाहने प्रवृत्ति अहिले पनि कायम छन्,' उनले भने। 

उनले आसन्न स्थानीय निर्वाचनलाई सामान्यरुपमा नलिन कार्यकर्तालाई आग्रह गरेका छन्। अहिले रिल्याक्स गर्ने अवस्था नरहेको बताउँदै प्रचण्डले कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका हुन्।

उनले यो चुनाव माओवादीका लागि हारजितको मात्र नहुने बताएका छन्। ‘यो निर्वाचन सामान्य निर्वाचन नठान्नुहोला। यो निर्वाचन हामीले हार्‍यौं भने संविधान, गणतन्त्र, जनयुद्धको उपलब्धि, शान्ति प्रक्रिया हार्ने खतरा छ,’ उनले भने।

आफूहरूले जित्नैपर्ने उनको जिकिर थियो। संकल्पका साथ लागेर निर्वाचनको वातावरण बनाउन प्रचण्डले निर्देशन दिएका छन्।

प्रकाशित: Mar 19, 2022| 17:00 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...