सोमबार, भदौ १, २०८३

कम्युनिस्टहरू भ्रमको खेती गर्न सिपालु छन् : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीले पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीले पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्। शनिबार कांग्रेस काठमाडौ क्षेत्र नं १० ले कीर्तिपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धन कांग्रेसको चाहाना नभइ समयको माग र मुलुकको आवश्यकताका आधारमा  निर्माण भएको उनले बताए। स्थानीय चुनावमा गठबन्धन के गर्ने भन्ने विषयमा कार्यकर्ता तथा शुभचिन्तकहरुको सुझावका आधारमा केन्द्रीय समितिले आधिकारिक निर्णय गर्ने उनले स्पष्ट पारेका छन्।

कम्युनिष्टहरु भ्रमदको खेती गर्न सिपालु रहेको आरोप लगाउँदै नेता सिंहले कांग्रेसको अगुवाइमा भएका कामबारे प्रचार गरी मत माग्न कार्यकर्तालाई निर्देशन समेत दिए। विगतका अनुभवबाट पाठ सिकेर यसपटक समयमा नै विधि सम्मतरुपमा उम्मेदवार तय गरेर पार्टी अघि बढ्नुपर्ने उनको धारणा छ

प्रकाशित: Mar 19, 2022| 14:53 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...