सोमबार, भदौ १, २०८३

एमालेलाई जिरोमा झार्नुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्ने बताएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्ने बताएका छन्। 

एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न एमालेलाई जिरोमा झार्नुपर्ने धारणा राखेका हुन्।

केपी ओलीले दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरेको खनालको आरोप छ। 'ओलीको उक्त कदमको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ। ओली अवसरवादको पर्दाफास गर्न आवश्यक छ। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुपर्छ। बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्छ,’ उनले भने।

नेता खनालले चितवन र गोदावरीको कुम्भ मेलाबाट अवसरवादी गुटले कुनै कुराको विश्लेषण गर्न छाडिसकेको आरोपसमेत लगाएका छन्।

प्रकाशित: Mar 19, 2022| 14:10 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...