काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सिन्धुली जाने भएका छन्। उनी सदरमुकाम सिन्धुलीमाढीमा नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न त्यसतर्फ जान लागेका हुन्।
प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले भवन उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन्। अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन्।