बिहीबार, फागुन २१, २०८२

खेलाडीको जीवनीमा आधारित फिल्म 'एञ्जिला'को घोषणा

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन्।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको जीवनीमा आधारित चलचित्र 'एञ्जिला'को घोषणा सभामा बोल्दै मन्त्री अथकले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने बताएका हुन्।

नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री अथकले एञ्जिला फिल्ममार्फत नेपाली खेलाडीको मनोबल बढाउन फिल्म निर्माण पक्ष सफल हुने विश्वास समेत व्यक्त गरे। 'हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कला, संस्कृति र खेलकुद हुन्। यहाँ दुवै पक्ष जोडिएर आएका छन्। त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु,' मन्त्री अथकले भने।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली खेलाडी र खेल क्षेत्रको विकासमा 'एञ्जिला' फिल्म कोशेढुङ्गा साबित हुने बताए। फिल्म निर्माण पक्षले निकै सह्रानीय कार्यको थालनी गरेको उल्लेख गर्दै डा. रेग्मीले आवश्यक सहयोगकालागि मन्त्रालय सधैं तयार रहेको बताए। 

मिलन चाम्सको निर्देशनमा चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र 'एञ्जिला'को शुक्रबार घोषणा गरिएको हो। उक्त चलचित्रमा फुटबल खेलाडी एन्जिला तुम्बाफो सुब्बा आफै प्रमुख भूमिकामा देखिनेछिन् भने दयाह्याङ राई, बुद्धि तामाङ, सृजना सुब्बा, माउत्से गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहने छ।

kumari

प्रकाशित: Mar 19, 2022| 11:30 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।