सोमबार, भदौ १, २०८३

गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्छौं : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको हैसियत चुनावमा जनताले देखाइदिने बताएका छन्। 'मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने अधिकार नै छैन,' ओलीले भने।

उनले सत्ता गठबन्धनलाई अदालतले बनाइदिएको गठबन्धनको संज्ञा दिएका छन्। 'जनताले हो र गठबन्धन बनाइदिएको? भोटले हो र गठबन्धन बनाइदिएको? अदालतले बनाइदिएको गठबन्धनका झगडियाहरूलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,' उनले भने।

अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने र आफूहरू जनताबीचमा जाने ओलीले बताएका छन्। कांग्रेससँग जनतामा जान कुनै एजेण्डा नरहेको समेत उनले बताए। उनले एमालेले त्यसको भन्डाफोर गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: Mar 19, 2022| 10:43 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...