सोमबार, भदौ १, २०८३

योगेश भट्टराइले गरे विप्लवको प्रशंसा

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको जारी केन्द्रीय समिति बैठकमा राखेको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको जारी केन्द्रीय समिति बैठकमा राखेको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्। 

कपिलवस्तुको शिवगढीमा शुक्रबारदेखि नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा पार्टीका महासचिव विप्लवले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका छन्।

उक्त प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका छन्। र, नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी नै छ।

यसैबीच एमाले सचिव भट्टराईले विप्लवको प्रस्तावको तारिफ गरेका छन्। निर्वाचनमा सहभागी हुने विप्लवको प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भट्टराईको टिप्पणी छ।

‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ। यो अत्यन्तै वस्तुवादी र सहि प्रस्ताव हो। नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो। करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरूप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो’, उनले लेखेका छन्।

उनले नेपाली समाजको प्रगतिशील रुपान्तरण नै आजको मूख्य कार्यदिशा भएको बताएका छन्। ‘बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण नै आजको मुख्य कार्यदिशा हो। अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो। यही प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुनेछ। नेपाली जनताको अपेक्षा पनि यही हो,’ उनले लेखेका छन्।


प्रकाशित: Mar 19, 2022| 10:24 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...