सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी अभियानको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

चुनावी अभियानको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। २०७८ चैत्र ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको कांग्रेस कार्यालयले जानकारी दिएको छ। 

बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने जानकारी दिइएको छ। यस्तै बैठकमा चैतभर कांग्रेसले गाउँगाउँमा सञ्चालन गर्ने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षासमेत गरिने कांग्रेस कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यस्तै बैठकमा संसदीय समिति गठनको विषयमा पनि छलफल गरिने छ। बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन सूचना पठाइसकिएको छ। 

प्रकाशित: Mar 18, 2022| 19:17 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...