आइतबार, मंसिर ७, २०८२

नेपाल युएईसँग ४८ रनले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा यूएईले नेपालविरुद्ध जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा नेपालले ४८ रनको हार व्यहोरेको हो।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा यूएईले नेपालविरुद्ध जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा नेपालले ४८ रनको हार व्यहोरेको हो।

National life

खेलमा टस हारेर पहिले बलिङको अवसर पाएको नेपालले १६९ रनको लक्ष्य पाएको थियो। पहिले ब्याटिङ गर्दै यूएईले ४६ ओभर तीन बलमा नेपाललाई १६९ रनको लक्ष्य दिएको थियो। नेपालका सोमपाल कामीले ४ र करण केसीले ३ विकेट, कप्तान सन्दीप लामिछाने, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट गिराए। 

३५ ओभर टिकेको नेपालले सम्पूर्ण विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो। यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएका नेपालका दुवै ओपनर पाँचौ ओभरमै आउट भए। कुशल भुर्तेल पाँचौ ओभरको पहिलो बलमै आउट भए भने आसिफ शेख चौथो बलमा आउट भए। उनीहरु दुवैलाई यूएईका जुनैद सिद्दिकीले पेबेलियन फर्काएका हुन्। 

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रनको पारी खेले। त्यस्तै, ज्ञानेन्द्र मल्लले २८ रन बनाए भने नेपालका लागि कुशलले ११ रन जोडे। बाँकी खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। आरिफ शेखले ७ र दीपेन्द्र सिंह ऐरीले चार रन बनाए। आरिफ शेख र कमल सिंह ऐरी शून्य रनमा आउट भए भने सन्दीपले ७ र करण केसीले छ रन बनाए।

यूएईका लागि बसिल अहमदले चार विकेट गिराए भने जुनैद सिद्दकीले तीन विकेट गिराए। जहुर खान र रोहन मुस्तफमाले पनि १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

त्यसअघि, पहिलो पारीको १० ओभर सकिँदा यूएईल तीन विकेट गुमाएको थियो। नेपाली तीव्र गतिका बलर सोमपाल कामीले यूएईका सुरुआती तीनै विकेट गिराए। उनले विकेट गिराएसँगै यूएईको आक्रामक सुरुआतमा कमी मात्र आएन घरेलु टिम दबाबमा पर्यो।

सोमपालले तीन ओभर पाँच बलमा चिराग सुरीलाई आउट गराए भने छैटौं ओभरको पहिलो बलमा अरविन्दलाई आउट गराए। एक महिना अघि मात्र सम्पन्न भएको आईसीसी टी–२० को ग्लोबल छनोट खेल्दा नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेका अरविन्दले चार बलमा तीन रन मात्र बनाउन सके।

यता, चिराग सुरीले चाहिँ ६ रन बनाए। चिरागसँगै ओपनिङमा आएका मोहम्मद वासिमले भने २८ बलमा २१ रन बनाए। उनले तीन चौकासमेत प्रहार गरे। वासिमलाई पनि सोमपाल कामीले पेबेलियन फर्काएका थिए। यो सोमपालको तेस्रो विकेट रह्यो। उनले चौथो विकेटका रुपमा कासिफ दौदलाई आउट गराएका थिए।

करण केसीले आफ्नो दोस्रो ओभरमा पहिलो विकेट लिए। उनले १० ओभर तीन बलमा आसिफ खानलाई आउट गराउँदा यूएईको चौथो विकेट गएको हो। यूएईले चौथो विकेट गुमाउँदा १० ओभर तीन बलमा ३५ रन मात्र बनाएको अवस्थामा थियो।

त्यो अवस्थाबाट सिरी रिजवन र रोहन मुस्तफाले ११२ रनको सहज अवस्थामा पुर्याएका थिए। रिजवन र मुस्तफाले समान ४०–४० रनको योगदान दिए। उनीहरुको लामो साझेदारीलाई कप्तान सन्दीप लामिछानेले ३३ दशमलव ३ ओभरमा तोडे। सन्दीपको त्यो एकमात्र विकेट नेपालका लागि महत्वपूर्ण रह्यो। त्यसपछि दिपेन्द्र सिंह ऐरीले मुस्तफालाई आउट गराएका थिए।

१४ रन बनाएका बसिद हमिदलाई सागर ढकालले आउट गराए भने कासिफलाई सोमपालले। त्यस्तै कप्तान अहमद राजालाई करण केसीले पेवेलियन फर्काए। आजको खेलमा आसिफ शेखले तीन क्याच गरे भने रिजवनलाई स्टम्पिङ आउट गराए। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि दुई विकेट लिए।

यसअघि पपुवा न्युगिनीविरुद्ध नेपाललले जित निकालेको थियो। यदी नेपालले आउँदा दुई खेलमा जित निकाल्ने हो भने नेपाल चौथो स्थानमा पुग्नेछ। सात टिम सम्मिलित प्रतियोगितामा अहिले नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Mar 18, 2022| 18:17 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।