सोमबार, भदौ १, २०८३

वैशाख ३० को चुनावका लागि उम्मेदवारी दर्ता ११ र १२ वैशाखमा

निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यक्रम सार्वजनिक गरिएको हो।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं– निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यक्रम सार्वजनिक गरिएको हो।

निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। यसका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ। सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ।

आयोगले १२ वैशाख साँझ ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने भोलिपल्ट उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ।

त्यसपछि आयोगले दुई दिन उजुरीमाथि छानबिन गर्ने भएको छ भने १५ वैशाख साँझ उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ। १६ वैशाखमा उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यही साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

आयोगले १७ वैशाखमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। सरकारले आगामी वैशाख ३० गते शुक्रबारका लागि स्थानीय चुनाव गर्ने घोषणा गरेको छ। त्यसको ४८ घण्टाअघि २७ वैशाख राति १२ देखि मौन अवधि लागू हुने आयोगले जनाएको छ।  




प्रकाशित: Mar 18, 2022| 16:15 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...