बिहीबार, साउन १, २०८२

कसिलो र घातक बलिङ गरेको नेपालले पायो प्रतिस्पर्धात्मक लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल र यूएई भिड्दैछन्।
 |  शुक्रबार, चैत ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

vianetvianet

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल र यूएई भिड्दैछन्। पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा यूएईको सामना गरेको हो।

खेलमा पहिले बलिङको अवसर पाएको नेपालले १६९ रनको लक्ष्य पाएको छ। यूएईले ४६ ओभर तीन बलमा सम्पूर्ण विकेट गुमाएर १६८ रन बनाएपछि नेपालले १६९ रनको लक्ष्य पाएको हो।

सोमपाल कामीले चार र करण केसीले तीन विकेटसँगै कप्तान सन्दीप लामिछाने, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट गिराएपछि यूएई १६८ रनमा समेटिएको हो।

खेलको पावर प्ले सकिँदै यूएईले दुई विकेट गुमाएको थियो। नेपाली तिब्र गतिका बलर सोमपाल कामीले यूएईका सुरुआति दुवै विकेट गिराएका हुन्। उनले विकेट गिराएसँगै यूएईको आक्रामक सुरुआतमा कमी मात्र आएन, घरेलु टिम दबाबमा पर्यो।

सोमपालले तीन ओभर पाँच बलमा चिराग सुरीलाई आउट गराए भने छैटौं ओभरको पहिलो बलमा भृतिय अरविन्दलाई आउट गराएका हुन्। एक महिनाअघि सम्पन्न भएको आईसीसी टी–२० को ग्लोबल छनोट खेल्दा नेपालविरुद्ध विश्फोटक ब्याटिङ गरेका अरविन्दले आज चार बलमा तीन रन मात्र बनाउन सके।

यता, चिराग सुरीले चाहिँ छ रन बनाए। चिरागसँगै ओपनिङमा आएका मुहम्मद वासिमले भने २८ बलमा २१ रन बनाए। उनले तीन चौकासमेत प्रहार गरे। वासिमलाई पनि सोमपाल कामीले पेवेलियन फर्काएका थिए। यो सोमपालको तेस्रो विकेट रह्यो। उनले चौथो विकेटका रुपमा कासिफ दौदलाई आउट गराएका थिए।

करण केसीले आफ्नो दोस्रो ओभरमा पहिलो विकेट लिए। उनले १० ओभर तीन बलमा आसिफ खानलाई आउट गराउँदा यूएईको चौथो विकेट गएको हो। यूएईले चौथो विकेट गुमाउँदा १० ओभर तीन बलमा ३५ रन मात्र बनाएको अवस्थामा थियो।

त्यो अवस्थाबाट सिरी रिजवन र रोहन मुस्तफाले ११२ रनको सहज अवस्थामा पुर्याएका थिए। रिजवन र मुस्तफाले समान ४०–४० रनको योगदान दिए। उनीहरुको लामो साझेदारीलाई कप्तान सन्दीप लामिछानेले ३३.३ ओभरमा तोडे। सन्दीपको त्यो एकमात्र विकेट नेपालका लागि महत्वपूर्ण रह्यो। त्यसपछि दिपेन्द्र सिंह ऐरीले मुस्तफालाई आउट गराएका थिए।

१४ रन बनाएका बसिद हमिदलाई सागर ढकालले आउट गराए भने कासिफलाई सोमपालले। त्यस्तै कप्तान अहमदराजालाई करण केसीले पेवेलियन फर्काए। आजको खेलमा आसिफ शेखले तीन क्याच गरे भने रिजवनलाई स्टम्पिङ आउट गराए। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि दुई विकेट लिए।

यसअघि पपुवा न्युगिनीले टस जितेर ब्याटिङ राजेको थियो। उनले नेपाललाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सो लक्ष्य नेपालले चार बल बाँकी रहँदै १०८ रन बनाएर पूरा गरेको हो।

नेपाल आजको खेलमा पनि जित निकाल्दै दुई अंक जोड्ने दाउमा छ नेपालले आजको खेलमा जित निकाल्न सके १२ अंक बनाउनेछ। यदि नेपालले आउँदा दुई खेलमा जित निकाल्ने हो भने चौथो स्थानमा पुग्नेछ।

सात टिम सम्मिलित प्रतियोगितामा अहिले नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Mar 18, 2022| 14:40 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।