आइतबार, मंसिर ७, २०८२

नेपालले लियो युएईको दुई विकेट

पहिलो खेलमा पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध जित निकालेको टिमले दोस्रो खेलमा यूएईको सामना गरिरहेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल र यूएई भिड्दैछन्। पहिलो खेलमा पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध जित निकालेको टिमले दोस्रो खेलमा यूएईको सामना गरिरहेको छ।

National life

खेलको पावर प्ले सकिँदा यूएईले दुई विकेट गएको छ। नेपाली तिब्र गतिका बलर सोमपाल कामीले यूएईका दुवै विकेट गिराएका हुन्। उनले विकेट गिराएसँगै यूएईको आक्रामक सुरुआतमा दबाब परेको छ।

सोमपालले तीन ओभर पाँच बलमा चिराग सुरीलाई आउट गराए भने छैटौं ओभरको पहिलो बलमा भृतिय अरविन्दलाई आउट गराएका हुन्। आईसीसी टी २० को ग्लोबल छनोट खेल्दा नेपालविरुद्ध विश्फोटक ब्याटिङ गरेका अरविन्दले आज चार बलमा तीन रन मात्र बनाउन सके।

सवा ११ बाट सुरु हुने खेलमा आयोजक यूएईले टस जितेर ब्याटिङ राजेको हो। यसअघि पपुवा न्युगिनीले पनि टस जितेर ब्याटिङ राजेको थियो। सो खेलमा नेपालले पीएनजीविरुद्ध संघर्षपूर्ण जित निकालेको थियो।

नेपाल आजको खेलमा पनि जित निकाल्दै दुई अंक जोड्ने दाउमा हुनेछ नेपालले आजको खेलमा जित निकाल्न सके नेपालले १२ अंक बनाउनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 18, 2022| 12:02 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।