सोमबार, भदौ १, २०८३

एमालेद्वारा अनिश्चितकालीन रौतहट बन्द घोषणा

नेकपा एमाले रौतहटले प्रभु साहलगायत आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्दको घोषणा गरेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

रौतहट- नेकपा एमाले रौतहटले प्रभु साहलगायत आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्दको घोषणा गरेको छ।

शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह 'अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयलगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका छन्। 

गाडी दुर्घटनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपीलगायत प्रशासनले बद्‌नाम गरिरहेको अध्यक्ष साहको आरोप छ।

गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहद्वारा विज्ञप्तिमा उल्लेख छ।

केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन्।


प्रकाशित: Mar 18, 2022| 11:27 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...