न्युयोर्क- ब्राडली राइट-फिलिप्सले मेजर लिग (एमएलएस) फुटबलमा बुधकार १ सय गोल गर्दै रेकर्ड बनाएका छन्। ३३ बर्षीय पिलिप्पले एमएलएसको इतिहासमा सबैभन्दा छिटो १ सय गोल बनाउने खेलाडीको रेकर्ड बनाएका हुन।
न्युयोर्क रेड बुल्सका फरवाडर फिलिप्सले डिसी युनाइटेड विरुद्धको खेलमा एक गोल गरेका थिए। उनको गोल नै न्युयोर्क रेड बुल्सको जितका लागि निर्णायक बन्यो।
उनले गोल गर्ने छन् भन्ने सबैले आत्मविश्वस गरेका थिए। किनकी उनी ९९ नम्बरको जर्सीलाई हटाउँदै १०० नम्बरको जसी लगाउने तयारीमा थिए। यो समय नम्बर १०० को हो भन्दै उनले जर्सी फेरे।
फिलिप्पेले २००४ बाट आफ्नो व्यवसाहिक फुटबल यात्रा शुरु गरेका थिए। उनको व्यवसायिक यात्रा म्यानचेस्टर युनाइटेडका बाट शुरु भएको थियो। युनाइटेडमा रहँदा उनले प्रिमियर लिगका दुई सिजन ३२ खेल खे्रल्दै २ गोल गरेका थिए। त्यसपछि उनी साउथमप्टन, प्लेमाउथ आर्गिले, चार्लटोन एथलेटिक, ब्र्रेन्टफोर्ड हुर्दै न्युयोर्क रेड बुल्समा पुगेका थिए।
उनले एमएलएसमा १५९ खेल खेल्दै कोसेढुङ्गा साकित गरे। उनी युएसमा ११ खेलाडी मध्येबाट एक मात्र खेलाडी हुन। जसले गोलको स्वार्णीम शताब्दी पुरा गरे।
उनले भने, ‘उत्कृष्ट टोली साथीहरु, विगत र वर्तमान, प्रशिक्षक र एक सहायक परिवार विना १०० गोलको लक्ष्य सम्भव थिएन। त्यसैले म तपाई सबैलाई धन्याबाद दिन चाहन्छु।’उनका बुबा पुर्व आर्सनल खेलाडी इरान राइटले पनि सामाजिक सञ्जालमा आफ्नो छोराको सफलताको खुशी मनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४