सोमबार, भदौ १, २०८३

पार्टीको नवनिर्मित भवन उद्घाटनका लागि सिन्धुली जाँदै प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन्। 

नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न उनी सिन्धुली जान लागेका हुन्। उनले सोही क्रममा एक विद्यालयको भवन उद्घाटन गर्ने छन्। सोही कार्यक्रमका लागि शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली प्रस्थान गर्ने भएका छन्।

कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली पुग्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

अपरान्ह ४ बजेपछि सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसहित जिल्लाका उद्योगी व्यवसायीसँग प्रचण्डले भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। 

अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री पौडेलले आज नै कमलामाई नगरपालिका –६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष प्रचण्ड आज बेलुका सिन्धुलीमाढी नै बस्नेछन्।

अध्यक्ष प्रचण्डले भोलि नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: Mar 18, 2022| 08:44 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...