सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विष्णु रिमालको प्रश्न- प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन?

विष्णु रिमालको प्रश्न- प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि बनाइएको आचारसंहिताप्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले असन्तुष्टि जनाएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि बनाइएको आचारसंहिताप्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले असन्तुष्टि जनाएका छन्। 

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७९ प्रति उपमहासचिव रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन्।

उनले आचारसंहितामा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुअघि पदमा रहेकाहरूले राजीनामा दिनुपर्ने प्रावधानप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन?'

रिमालले स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरेका हुन्। ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।  स्थानीय तहका ‘प्रधानमन्त्री’ (पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरी चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन?’, उनले लेखेका छन्।

उनले निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्ने तर त्यसलाई देखाएर काम नै रोक्न नहुने तर्क गरेका छन्।

प्रकाशित: Mar 18, 2022| 08:18 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...