सोमबार, भदौ १, २०८३

माओवादीमाथि आक्रमणको सिलसिला जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई बदनाम गर्न देशी विदेशी शक्ति लागेको बताएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

बुटवल-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई बदनाम गर्न देशी विदेशी शक्ति लागेको बताएका छन्। उनले माओवादीलाई बदनाम बनाउने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरे। 

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई बिहीबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमाथि बारम्बार आक्रमण भइरहेको बताएका हुन्।

‘माओवादी पार्टीलाई पटक पटक आक्रमण गरियो। यो अहिले पनि जारी छ,’ उनले भने। अध्यक्ष प्रचण्डले माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको गुनासो पोखे। ‘माओवादीमाथि सबै शक्ति लागेका छन्। अहिले पनि हामीलाई कमजोर बनाउन विभिन्न शक्ति लागी परेका छन्,’ उनले भने, ‘इटको जवाफ पत्थरले दिने बेला आएको छ। तपाइहरू चुनावमा होमिनुस्।’

पहिलो संविधानसभाको निर्वाचनमा सिराहामा भौतिक आक्रमण गर्न खोजिएको प्रसंग उल्लेख गर्दै प्रचण्डले आफूलाई मार्ने योजना बनाएको बताए। त्यतिखेर जनमुक्ति सेनाका कमान्डरले बचाएको उनले बताए।

'नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्‍यो भने भौतिक रूपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने। माओवादीका लागि अब आउने स्थानीय तहको निर्वाचन जित्ने गरी प्रचारमा लाग्न निर्देशन दिए। ‘माओवादीलाई सजिलै हराउन सकिन्छ भन्या जस्तो लाग्ला,’ प्रचण्डले भने, ‘२०६४ को नतिजा देखाउनु छ।’ उनले कसैको सहारा लिन नपर्ने गरी जनता जान निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवालमा पार्टी भित्र फरक मत नभएको बताए। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा, नेता वर्षमान पुन, प्रदेश इन्चार्ज चक्रपाणि खनाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेताले स्थानीय तहको निर्वाचनमा होमिन निर्देशन दिए।

प्रकाशित: Mar 18, 2022| 06:59 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...