बिहीबार, चैत १२, २०८२

एथलेटिको मड्रिड विजयी, आर्सनल पेनाल्टीमा ३-१ ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- प्रि-सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एथलेटिको मड्रिडले विजय हात पारेको छ। बिहिबार साँझ दि नेस्नल स्टेडियममा भएको खेलमा मड्रिडले आर्सनललाई पराजित गरेको हो। 

निर्धारित समयको खेलमा दुवै टोलीबाट समान १-१ गोल गरेपछि खेलनको निर्णय पेनाल्टि सुटआउटमा पुगेको थियो ।  पेनाल्टी सुटआउटमा अर्सनल ३-१ ले पराजित भएको हो। 

खेलको ४१ औं मिनेटमा मड्रिडका लागि लुकियनो भिएट्टोले गरेको थिए। पहिलो हाफमा मड्रिडले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको शुरुवाती समयमा नै आर्सनले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्‍याएका थिए। 

आर्सनलका लागि खेलको ५४ औं मिनेटमा एमिले स्मीथ रोवेले गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको दुबै टिमले केहि मौका गुमाएका थिए। प्रि-सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा दुवै टोलीको यो पहिलो खेल हो। मड्रिडले आफ्नो पहिलो खेल जित्दै तीन अंक जोडेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।