बिहीबार, फागुन २१, २०८२

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

जमशेदपुरको जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा बिहीबार भएको साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४-२ ले पराजित भएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- जमशेदपुरको जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा बिहीबार भएको साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४-२ ले पराजित भएको छ। उद्घाटन खेलमा आयोजक भारतसँग ७-० ले पराजित भएको नेपाल आज बंगलादेशसँग पहिलो मिनेटमै आफिदा खाण्डेकरले कर्नरबाट हेड गरेपछि पछि परेको थियो।

 बंगलादेशकी शहदा अख्तर रिपाले सेट पिसमा गरेको प्रहार नेपाली सुट स्टपर सावित्री किशनले रोक्दा बंगलादेशले कर्नर जितेको थियो।

यता ३०औं मिनेटमा दीपा शाहीले लामो दूरीबाट गरेको सट प्रहार पोस्टको जालमा पुगेपछि नेपालले खेल बराबरीमा ल्याएको थियो। प्रतियोगितामा नेपालले गरेको यो पहिलो गोल हो। तर, नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै बंगलादेशले हाफ टाइमसम्म तीन गोलको अग्रता लिएको थियो।

३३औं मिनेटमा अकलिमा खातुनले बंगलादेशलाई फेरी अग्रता दिलाएकी थिइन् भने त्यसको एक मिनेटपछि इति खातुनले ३–१ को अग्रता बनाएकी थिइन्।

 खेलको ४३ औं मिनेटमा रिपाले चौथो गोल गरिन। दोस्रो हाफमा नेपालले सुधार गर्दै खेलको अन्तिम केही मिनेटमा उत्कृष्ट पास गरेपछि अमिषा कार्कीले गोलकिपरलाई गोल गर्दै नेपालको दोस्रो गोल गरिन्। 

kumari

दोस्रो हाफमा नेपालले राम्रो प्रदर्शन गर्‍यो तर जितका लागि पर्याप्त रहेन। अहिले नेपालले उपाधिका लागि संघर्षरत रहनको लागि निकै कठिन चुनौती सामना गर्नुपरेको छ। नेपालले अब मार्च २१ मा आयोजक भारतसँग खेल्नेछ भने दुई दिनपछि बंगलादेशसँग खेल्नेछ। डबल राउन्ड रोबिन ढाँचा पछि तालिकाको शीर्ष स्थानमा रहने टिमले च्याम्पियन्सिपको उपाधि जित्नेछ।

प्रकाशित: Mar 18, 2022| 06:25 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।