बिहीबार, फागुन २१, २०८२

पिपल्स च्वाइसमा पर्न दौडिरहेका ५ 'स्टार'को खेलग्राफ

कुशल भुर्तेल, सन्तोषी श्रेष्ठ, प्रिन्स दहाल, एन्जिला तुम्बाप्पो सुब्बा र एलिना महर्जन आ-आफ्नो विधाका स्टार खेलाडी हुन्। तिनै स्टार खेलाडी अहिले एनएसजेएफ स्पोर्टस् अवार्डको दौडमा छन्।
 |  बिहीबार, चैत ३, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, चैत ३, २०७८

काठमाडौं- कुशल भुर्तेल, सन्तोषी श्रेष्ठ, प्रिन्स दहाल, एन्जिला तुम्बाप्पो सुब्बा र एलिना महर्जन आ-आफ्नो विधाका स्टार खेलाडी हुन्। तिनै स्टार खेलाडी अहिले एनएसजेएफ स्पोर्टस् अवार्डको दौडमा छन्।

पछिल्लो वर्ष क्रिकेटमा शानदार प्रदर्शन गर्दै नेपाली टिमको ओपनरमा स्थान जमाएका कुशलदेखि ब्याडमिन्टनमा जुनियरतर्फ विश्व वरीयताको पहिलो स्थानका प्रिन्स दाहाल र सागमा नेपाललाई टबेलटेनिसतर्फ दुई मेडल दिलाएकी एलिनासम्म पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेका हुन्।

चैत ८ गते हुने स्पोर्ट अवार्डमा यीमध्ये एक खेलाडी विजेता हुनेछन्। विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको छ। मनोनयनमा परेका खेलाडीहरूलाई भोट गर्ने क्रम जारी छ। यस्तो छ मनोनयनमा परेका खेलाडीको खेल ग्राफः

कुशल भुर्तेल : नेपाली क्रिकेटका आक्रामक खेलाडी

कुशल भुर्तेल उमेर समूह हुँदै सिनियरतर्फ राष्ट्रिय क्रिकेट टिममा पुगेका क्रिकेटर हुन्। उमेर समूहमा स्थान बनाएको लामो समयपछि मात्र उनी  सिनियर टिममा पुग्न सफल भएका हुन्। सन् २०१९ को नोभेम्बरमा भारत इमर्जिङ टिमविरूद्ध खेल्दै लिस्ट ‘ए’ मा डेब्यु गरेका कुशल नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मै नेपाली टोलीमा थिए, तर उनले खेल्ने अवसर पाएनन्।

kumari

गत वैशाखमा सिनियर टिममा डेब्यू गरेका कुशलले नेपाली क्रिकेट टिमले गर्ने ओपनिङमा जादु गरेका छन्। सिनियर टिममा डेब्युपश्चात् लगातार तीन अर्धशतकको कीर्तिमान रचेका कुशल अहिले विश्वकप क्रिकेट लिग-२ खेल्न यूएई पुगेका छन्।

लिग-२ को पहिलो खेलमा कुशलले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध राम्रो ब्याटिङ गर्न सकेनन्। पछिल्लो समय उनको ब्याटबाट आशा अनुरूपको रन प्राप्त भएको छैन। तर सुरुआति दिनमा उनले निकै आक्रामक प्रदर्शन गरेका थिए।

प्रकाशित: Mar 17, 2022| 19:10 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।