सोमबार, भदौ १, २०८३

नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम : गृहमन्त्री खाण

अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन्। अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए। 

कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसिसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे। 

उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए। 'वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ,' उनले भने, 'नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ।'

उनले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताए। सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उनले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताए। कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ। 

प्रकाशित: Mar 17, 2022| 21:00 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...