सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आचारसंहिता : मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने, डिजिटल बोर्डमा प्रतिबन्ध

निर्वाचन आचारसंहिता : मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने, डिजिटल बोर्डमा प्रतिबन्ध

राजपत्रका प्रकाशित आचारसंहिता अनुसार राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ। आचारसंहितामा भनिएको छ, 'आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न सक्छन्। उम्मेदवारले गर्न पाउने खर्चको सीमा भित्र रहेर गर्नु पर्ने हुन्छ।’
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरेको छ। राजपत्रका प्रकाशित आचारसंहिता अनुसार राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ। आचारसंहितामा भनिएको छ, 'आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न सक्छन्। उम्मेदवारले गर्न पाउने खर्चको सीमा भित्र रहेर गर्नु पर्ने हुन्छ।’

आयोगले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने निर्णय गरिसकेको छ। त्यसैगरी निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ। 

राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो। उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु भन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ। 

जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने संहितामा राखिएको छ।

निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ। निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ पर्चा मात्र प्रयोग गर्नुपर्ने हुन्छ। अनलाइन वेब पेज, टिभी स्क्रोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटीएम काउन्टरमा उम्मेदवारको बारेमा प्रचारप्रसार समेत रोक लगाएको छ। दलको झण्डा, उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन समेत नपाइने व्यवस्था आचारसंहितामा उल्लेख छ।

भित्तेलेखन गर्न, चारपाङग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सवारी साधन प्रयोग गर्न समेत रोक लगाएको छ।

राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले सवारी साधन प्रयोगमा पनि कडाई गरेको छ। सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमति लिएर एक जना उम्मेदवारले बढीमा दुई वटासम्म चार पाङग्रे सवारी साधन र सवारी नचल्ने ठाउमा चार वटा घोडा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ। यसअघिको निर्वाचनमा आचारसंहितामा आयोगले तोके अनुसार मात्रै हुने भनिएको थियो।

एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नहुने व्यवस्था राखिएको छ। दल र उसको उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसार प्रसारमा समेत लगाएको छ। निर्वाचन आयोगमा प्रचार प्रसारमा हेलिकप्टर प्रयोगमा भने रोक लगाएको छैन। राजनीतिक दलले प्रचार प्रसारको लागि दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने भएको छ।

निर्वाचन आचारसंहिताको पूर्णपाठ

प्रकाशित: Mar 17, 2022| 18:21 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...