सोमबार, भदौ १, २०८३

निर्वाचनमा प्रतिगामी शक्ति पराजित हुन्छ : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन्।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन्।

फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उनले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्ने बताए। 'प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने छन्,' उनले भने। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्‍याउने विचार व्यक्त गरे। 

विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'नेपाली भएकामा हामीले गौरब गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ।'

 पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुपर्वका अवसरमा समपूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पार्टीले चुनाव केन्द्रित भएर देशभर साङ्गठनिक गतिविधिलाई बलियो बनाएको उल्लेख गरे। 

प्रकाशित: Mar 17, 2022| 15:19 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...