शुक्रबार, असार १९, २०८३

साफ यू-१८ मा नेपालले बंगलादेशको सामना गर्दै

भारतको जमशेदपुरमा जारी साफ यू १८ महिला साफ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- भारतको जमशेदपुरमा जारी साफ यू १८ महिला साफ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ।

जमशेदपुरको रंगशालामा हुने खेलमा नेपालले दोस्रो खेलमा बंगलादेशको सामना गर्न लागेको हो।

पहिलो खेलमा आयोजक भारतसँग ७-० को लज्जास्पद हार बेहोरेको नेपाल आजको खेलमा भने जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ।

गएको वर्ष बंगलादेशमै सम्पन्न भएको खेलमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

तर, त्यो साफमा नेपालले फाइनलमा यात्रा तय गर्न सकेको थिएन। यो वर्ष उपाधि लक्ष्यका साथ भारत भ्रमणमा निस्किए पनि नेपाली टिमले जित निकाल्न सकेको छैन।

आज नेपालले दोस्रो खेल खेल्न लागेको हो भने बंगलादेशले पहिलो खेल खेल्न लागेको हो।

डबल राउन्ड रोबिन शैलीमा हुने साफमा तीन टिम मात्र समावेश गरिएका छन्। तीन टिमबीचको खेलबाट जसले धेरै अंक बनाउँछ त्यो टिम विजेता हुनेछ।

प्रकाशित: Mar 17, 2022| 11:45 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।