बुधबार, असार ३१, २०८३

प्रशिक्षणका लागि थाइल्याण्ड जाने नेपाली टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १० दिने प्रशिक्षणका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ। २९ खेलाडीको सहभागीता रहने उक्त प्रशिक्षणका लागि राष्ट्रिय टिम आगामी शुक्रबार थाइल्याण्ड प्रस्थान गर्ने भएको हो। 

प्रशिक्षणले आउदै गरेको एशियन गेम र साफलाई मद्दत पुग्ने मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन्। एसियन गेम आउदो अगस्ट १४ तारिखदेखि सेप्टेम्बर १ सम्म इन्डोनेसियामा चल्ने छ। त्यस्तै साफ च्याम्पियनसिप सेप्टेम्बर ४ तारिखदेखि बंगलादेशमा आयोजना हुँदैछ।
 
एसियन गेममा समूह डी मा रहेको नेपाल, एसियाको पावर हाउसको रुपमा मानिएको जापानसँगै भियतनाम र पाकिस्तान रहेका छन् भने साफमा नेपाल आयोजक राष्ट्र बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन्। नेपाली राष्ट्रिय टिमले एसियन गेम र साफका लागि तीन महिना देखि काठमाडौंमा प्रशिक्षण गरिरहेको थियो।

प्रशिक्षणका लागि थाइल्याण्ड जाने २९ खेलाडीको नामावली

अविशेक रिजाल, आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ्, अन्जन विष्ट, भरत खवास, विकेश कुथु, विमल घर्तिमगर, विराज महर्जन, विशाल राई, देवेन्द्र तामाङ, दिनेस राजवंसी, गौरभ बुढाथोकी, गोर्गे प्रिन्स कार्की, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रविन श्रेष्ठ, रोहित चन्द, सन्तोस तामाङ, सोजित गुरुङ, सुजल श्रेष्ठ, सुमान अर्याल, सुमान लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।