आइतबार, मंसिर ७, २०८२

छ खेलाडी सम्मिलित तेक्वान्दो टोली बेल्जियम जाने

बेल्जियन ओपन जी-२ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्ने भएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- बेल्जियन ओपन जी-२ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्ने भएको छ।

National life

चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गर्न लागेको हो।

प्रतियोगितामा ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा महोहम्मद उमर खानले नेपालको चुनौती पेश गर्ने छन्। 

टोलीमा २ खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता छन्। १३ औं सागमा वीरबहादुरले स्वर्ण तथा शिशिरले कांस्य जितेका थिए।

टोलीका मुख्य प्रशिक्षकमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ रहेका छन्। ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 16, 2022| 19:05 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।