आइतबार, मंसिर ७, २०८२

रोहित र आरिफको कीर्तिमानी साझेदारीले दिलायो नेपाललाई जित

यूएईमा मंगलबारबाट सुरु भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- यूएईमा मंगलबारबाट सुरु भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको छ।

National life

२०५ रनको लक्ष्य पछ्याएको नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित निकालेको हो। यो जितसँगै नेपालले लिग २०९ खेलबाट १० क बनाएको छ।

टस जितेर ब्याटिङ राजेको पीएनजीले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २०४ रन बनाएको थियो। पीएनजीका लागि चौथो नम्बरमा मैदान छिरेका चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए।

आजको खेलमा रोहित कुमार पौडेल र आरिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन्। नेपाली खेलाडीले एक दिवसीय क्रिकेटमा पहिलो पटक सतकिय साझेदारी गरेका हुन्। 

ओपनर आशिफ आउट हुँदा नेपाल १५ ओभरमा ४२ रन बनाएर चार विकेट गुमाइसकेको कमजोर अवस्थामा थियो। त्यसपछि रोहित पौडेल र आरिफ शेखले १०२ रनको साझेदारी गर्दै नेपालको टिमको स्कोर १४४ मा पुर्याए। त्यसपछि नेपाली टिम सहज अवस्थामा आयो।

Laxmi sunrise bank
kumari

अन्तिममा करण केसीले २५ बलमा २९ रन बनाएपछि नेपाले जित निश्चित गरेको हो। सो पपुवा न्युगिनीविरुद्ध नेपाली बलरले औषत बलिङ गरेका थिए। तेस्रो ओभरमै सोमपाल कामीले ११ रन खर्चिँदा नेपाली बलिङ खस्किएको देखिएको थियो। तर, त्यसपछिका ओभरमा खेलाडीले सम्हालेर लिएर गए।

यद्यपि पहिलो विकेट लिन नेपालले १० औं ओभर नै पर्खिनु पर्‍यो। बलर आरिफ शेखले टोनी उरालाई पेवेलियन पठाउँदै नेपालका लागि पहिलो विकेट लिए। उराले ३४ बलमा २७ रन प्रहार गरेर मैदान छोडेका थिए।

त्यस्तै, नेपालले १३ औं ओभरमा दोस्रो विकेट लियो। कप्तान सन्दिप लामिछानेले २५ रन बनाइसकेका लेगा सिआकाको विकेट गिराएपछि नेपाली टिम केहि सहज अवस्थामा पुगेको थियो।

तेस्रो नम्बरमा मैदानमा पसेका कप्तान अस्साद वालाले १९ रन बनाए भने चाल्र्स अमिनीले ५९ रन जोडे। वालालाई ज्ञानेन्द्र मल्लले आउट गराए भने अमिनीलाई सोपमालले पेवेलियन फर्काए। एक दिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो पहिलो विकेट समेत हो। त्यस्तै, पीएनजीका चाड सुपरले पनि ३५ रनको योगदान दिए। १२ बल खेलेका नोर्मन वनुआले भने २३ रन बनाए।

नेपालका लागि आरिफ शेखले एक विकेट गिराउँदै किफायति बलिङ गरे। उनले ६ ओभर बलिङ गर्दै १६ रन खर्चिए। कप्तान सन्दिप लामिछानेले पनि १० ओभरमा एक विकेट लिएर ३० रन खर्चिँदा सोमपाल कामीले तीन विकेट लिए।

सन्दिपको पहिलो कप्तानीमा औषत बलिङ गरे पनि ब्याटिङमा निकै कमजोर सुरुआत गर्यो। नेपालले दोस्रो ओभरमा कुशल भुर्तेल र तेस्रो ओभरमा ज्ञानेन्द्र मल्ललाई गुमायो। 

कुशल आउट हुँदा नेपालले एक रन बनाएको थियो। त्यो एक रन उनले नै बनाएका थिए। त्यस्तै, ज्ञानेन्द्र चार रन बनाएर आउट भए। चौथो नम्बरमा ब्याटिङ गर्न मैदान आएका दिपेन्द्र सिंह ऐरी पनि टिक्न सकेनन्। उनी आठ रन बनाएर आउट भए। त्यस्तै, आशिफ शेखले १६ रनको योगदान दिए।

रोहित कुमार पौडेलले चौथो पटक एक दिवसीय क्रिकेटमा अर्धसतक बताएका छन्। एक दिवसीय क्रिकेटमा सबैन्दा धेरै (चार पटक) अर्धसतक बनाएका ज्ञानेन्द्रको रेकर्डसँग रोहितले आज बराबरी गरेका हुन्। ७० बलमा अर्धसतक पुरा गरेका उनले ५८ रन बनाए। आरिफले पनि ५४ रनको अर्धसतकिय पारी खेले।

रोहितलाई गुमाउँदा नेपाललाई १२ ओभर र चार बलमा ६१ रनको आवश्यकक्ता थियो। एक समयमा नेपाललाई ४७ बलमा ४७ रनकै आवश्यकक्ता थियो भने अन्तिम ओभरमा पाँच रनको आवश्यकक्ता पुरा गर्दौ जित निकालेको हो।

पीएनजीका लागि नोर्मन भनुवा, अलेइ नाओ र हाकेराले समान २–२ विकेट लिए।  नेपालविरुद्ध पीएनजीका सात खेलाडीले बलिङ गरे। त्यसमध्ये रिले हेकुरा किनै किफायति र घातक सावित भए। उनले नौ ओभरमा ३२ रन खर्चिर रोहित र दिपेन्द्रलाई आउट गराए। 

आजको खेलबाट नेपालका सागर ढकालले एक दिवसीय क्रिकेटमा डेब्यु गरे।

प्रकाशित: Mar 16, 2022| 18:43 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।