सोमबार, भदौ १, २०८३

एमालेको संसदीय दलको निष्कर्ष - प्रतिपक्षीमाथि संसद्‌ कठोर बन्यो

संसद् अधिवेशन अन्त्य भइसकेपछि बसेको समीक्षात्मक बैठकले संसद्‌को समीक्षा र आगामी निर्वाचनमा सांसदको भूमिकामाथि छलफल भएको प्रमुख सचेतक विशाल भट्टराईले बताए।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठकले प्रतिपक्षी दलमाथि संसद् र सभामुख  कठोर बनेको निष्कर्ष निकालेको छ। संसद् अधिवेशन अन्त्य भइसकेपछि बसेको समीक्षात्मक बैठकले संसद्‌को समीक्षा र आगामी निर्वाचनमा सांसदको भूमिकामाथि छलफल भएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। 

बुधबार बानेश्वरस्थित संसद्‌ भवनमा बसेको बैठकले आफ्ना सांसदलाई स्थानीय निर्वाचनमा होमिन निर्देशनसमेचत दिएको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिबारे सांसदहरूलाई जानकारी गराएका थिए। ‘मुलुकको अधोगति र रमिता हेरेर एमाले बस्‍न सक्दैन। प्रतिपक्षीको भूमिकामा रहेर एमालेले सशक्त प्रतिकार गर्छ,’ ओलीलाई उद्धृत गर्दै विशाल भट्टराईले भनेका छन्।

बैठकले अगामी स्थानीय निर्वाचनमा एमाले एक्लै लडेर पहिलो पार्टी बनाउने कार्यमा लाग्‍न सांसदलाई निर्देशन पनि दिएको छ।

प्रकाशित: Mar 16, 2022| 18:41 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...